हिमालयन बैंकका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ४ लाख ८ हजार ५६२ कित्ता सेयर विक्री गर्ने भएका छन् । यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
यसअघि विद्यमान संस्थापक सेयरधनीहरुलाई मात्र विक्री गरिएको थियो । उक्त सेयर संस्थापक सेयरधनीहरु खरीद नगरेपछि सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी विक्री खुला गरिएको हो ।
सेयर खरीद गर्न इच्छुक लगानीकर्तालेआज मंसिर २६ गतेदेखि १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा के कति सेयर खरीद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनुपर्नेछ ।













![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया