साहस उर्जा लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीले पुस मसान्तसम्म ७० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा ५४.८७ प्रतिशत बढी हो। गत वर्ष कम्पनीले ४५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको आम्दानी बढ्नु र खर्च घटद नाफामा सुधार देखिएको हो । कम्पनीको विद्युत बिक्री आम्दानी गत वर्षको १ अर्ब ५३ करोडबाट बढेर १ अर्ब ६१ करोड ५६ लाख रुपैयाँ पुगेको छ। यस्तै, वित्तीय खर्च ६४ करोड ७६ लाखबाट घटेर ४४ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३७.५६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७८.९० रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ९७ करोड रुपैयाँ रहेको छ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया