insta insta

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कर्मचारी माग्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २७ गते
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले कर्मचारी माग्यो, कुन कुन पदमा दिन सकिन्छ आवेदन ?
Advertisement Ads

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले सहायक प्रबन्धक, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि योग्य नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो। सहायक प्रबन्धक पदका लागि काठमाडौं उपत्यका भित्र कार्यक्षेत्र रहनेछ भने अन्य पदहरूका लागि उपत्यका भित्र र बाहिरका शाखाहरूमा अवसर उपलब्ध छ।

उम्मेदवारहरूले बैंकिङ तथा इन्स्योरेन्स, मार्केटिङ, अर्थशास्त्र वा व्यवस्थापन विषयमा स्नातक गरेको हुनुपर्नेछ भने सहायक प्रबन्धक पदका लागि स्नातकोत्तरलाई प्राथमिकता दिइनेछ। सहायक प्रबन्धकका लागि साधारण बीमा क्षेत्रमा कम्तीमा ६-८ वर्षको अनुभव, अफिसर तहका लागि कम्तीमा ५ वर्षको अनुभव, र असिस्टेन्ट पदका लागि २-४ वर्षको अनुभव आवश्यक छ। जुनियर असिस्टेन्ट पदका लागि भने फ्रेशरले पनि आवेदन दिन सक्नेछन्।

कम्पनीका अनुसार तलब तथा अन्य सुविधाहरू कम्पनीको नियमअनुसार हुनेछ। इच्छुक उम्मेदवारहरूले आफ्नो निवेदन, बायोडाटा, नागरिकताको प्रतिलिपि तथा अन्य आवश्यक कागजातहरू चैत्र ८ गते भित्र अनलाइन आवेदन प्रणाली online.salico.com.np/career मार्फत पठाउनुपर्नेछ।

480975788 951266757164009 4069424185631353385 n https://bajarkochirfar.com/sagarmatha-lumbini-insurance-is-looking-for-employees-for-which-positions-can-applications-be-made | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स