SHAREHUBSHAREHUB

उम्मेदवारको नाम टुंगाउन रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै

AdvertisementAds
उम्मेदवारको नाम टुंगाउन रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको नाम टुंग्याउन केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक आज (माघ ४) दिउँसो २ बजे बस्ने भएको हो । केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकले १६५ निर्वाचन क्षेत्रका उम्मेदवारको अन्तिम सूची तयार गर्नेछ।

रास्वपाबाट काठमाडौंका मेयर बालेन्द्र शाह (बालेन) पनि आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन्। यसअघि समानुपातिक टिकटको बन्दसूचीलाई लिएर पार्टीभित्र विवाद देखा परेको थियो, जसका कारण कतिपयले आफ्नो नाम फिर्ता लिइसकेका छन्।

निर्वाचन आयोगले माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय तोकेकाले राजनीतिक दलहरू उम्मेदवार चयन प्रक्रियामा व्यस्त छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स