SHAREHUBSHAREHUB

रास्वपाले आज विपद् जोखिम घटाउन बहस चलाउँदै

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २७ गते
AdvertisementAds
रास्वपाले आज विपद् जोखिम घटाउन बहस चलाउँदै
AdvertisementAds

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन’ विषयमा नीति मन्थन कार्यक्रम आयोजना गर्दैछ। पार्टीले शृंखलाबद्ध बहस कार्यक्रमअन्तर्गत उक्त नीति मन्थन गर्न लागेको हो।

रास्वपाका अनुसार कार्यक्रम आज दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंको नेपाल पर्यटन बोर्ड सभाहलमा सञ्चालन हुनेछ।

कार्यक्रममा विपद् उत्थानशीलताविज्ञ गौरव सागर दवाडी मुख्य वक्ताका रूपमा रहनेछन्। त्यसैगरी जल तथा मौसम विज्ञान विभागकी प्रमुख अर्चना श्रेष्ठ विषयविज्ञका रूपमा सहभागी हुने कार्यक्रम छ।

यस्तै, हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा, सशस्त्र प्रहरी बल अन्तर्गत विपद् व्यवस्थापन महाशाखा प्रमुख राजेश उप्रेती लगायतले पनि धारणा राख्नेछन्।

कार्यक्रमलाई पार्टी सभापति रवि लामिछानेले पनि सम्बोधन गर्ने कार्यसूची रहेको पार्टीले जनाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स