SHAREHUB SHAREHUB

व्यवसायीहरुसँग छलफलमा रास्वपा सभापति रवि लामिछाने

Advertisement Ads
व्यवसायीहरुसँग छलफलमा रास्वपा सभापति रवि लामिछाने
Advertisement Ads

सरकार गठन भएको एक महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निजी क्षेत्रसँग औपचारिक छलफल सुरु गरेका छन्। पछिल्लो एक महिनामा करिब एक दर्जन निजी क्षेत्रका प्रतिनिधिहरू पक्राउ परेपछि उत्पन्न त्रास र असन्तुष्टिका बीच उक्त छलफल आयोजना गरिएको हो।

छलफलमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, पूर्व अध्यक्षहरू तथा विभिन्न उद्योगी–व्यवसायीहरूको सहभागिता रहेको थियो। निजी क्षेत्रले सामना गरिरहेका समस्या, लगानी वातावरण, तथा सुरक्षासम्बन्धी चिन्ताहरू यस अवसरमा उठाइएको बताइएको छ।

सरकारले एकल रूपमा नेतृत्व सम्हालेसँगै निजी क्षेत्रका समस्या सुन्ने र समाधानका लागि पहल गर्ने उद्देश्यले सभापति लामिछानेले यस्तो संवाद अघि बढाएको जनाइएको छ।

WhatsApp Image 2026 05 03 at 11.35.28 https://bajarkochirfar.com/rsp-president-ravi-lamichhane-in-discussion-with-businessmen | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स