रास्वपा सांसदको सरकारलाई प्रश्न: सरकार हाम्रो छ भन्दैमा मैले प्रश्न सोध्न पाउने कि नपाउने?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ६ गते
रास्वपा सांसदको सरकारलाई प्रश्न: सरकार हाम्रो छ भन्दैमा मैले प्रश्न सोध्न पाउने कि नपाउने?

प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद रचना खतिवडा खत्रीले आफ्नै सरकारलाई प्रश्न गर्न पाउने कि नपाउने भन्दै प्रश्न गरेकी छन् ।

 ‘सरकारलाई के प्रश्न सोध्न नपाउने हो ? डाडु पन्यू तेरो हातमा हुन्छ । सरकार तेरो हातमा छ भनेर रोइलो चलिराखेको छ । कसलाई सोधेको ? कसलाई सुनाएको हो भनिन्छ’, उनले प्रश्न गरिन्, ‘यदि सरकार हाम्रो छ भने मैले प्रश्न सोध्न पाउने कि नपाउने ?

यस्तै, उनले संसद भवन अगाडि जेनजी शहीदहरूको सालिक तत्काल निर्माण गर्न सरकारसँग माग गरिन् ।सांसद खत्रीले  शहीदप्रति सम्मान मात्र पर्याप्त नहुने भन्दै व्यवहारिक न्याय पनि आवश्यक रहेको बताइन्। उनले संसद भवन अगाडि सालिक निर्माण चाँडो गर्न आग्रह गरिन् । ‘संसद भवन अगाडी शहीदको सालिक निर्माण यथीघ्र गरियोस’, उनले भनिन्, ‘सम्मान मात्रै होइन व्यवहारिक रुपमा पनि न्याया दिइयोस ।’

सांसद खतिवडा जेनजी शहीद रसिककी आमा हुन् ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स