नेपालले मिचेको भनिएको भारतीय भूमि सार्वजनिक गर्न रास्वपा सांसद तामाङको माग

नेपालले मिचेको भनिएको भारतीय भूमि सार्वजनिक गर्न रास्वपा सांसद तामाङको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे स्पष्ट पार्न सरकारसँग माग गरेकी छन्।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै “नेपालले पनि भारतको जग्गा मिचेको छ” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइपछि राजनीतिक वृत्तमा चर्चा र विवाद बढिरहेका बेला सांसद तामाङले नेपालले अतिक्रमण गरेको भनिएको भारतीय भूमि कुन–कुन स्थानमा रहेको हो भन्ने विवरण सार्वजनिक गर्न माग गरेकी हुन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छिन्, “प्रधानमन्त्री ज्यु ले नेपाल ले भारत को भुमि कहाँ कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनु हुन हार्दिक अपिल गर्दछु, किनकि सधैंभरि म लगायत हामी नेपालीहरु ले भारतले मात्र अतिक्रमण गरेको हिजोसम्म तथ्य थाहा थियोे तर आज बाट हामि ले बुझ्नुपर्ने दिन आएको छ कि हामीले पनि छिमेकी देशमाथि अतिक्रमण गरेका रहेछौं ! जुन कुरा हजुरबाट पुष्टि हुनेछ भन्ने कुरा मा हामी विश्वस्त छौं।”

यस्तै, उनले प्रधानमन्त्रीले यो कुरा पुष्टि गर्ने भन्नेमा विश्वस्त रहेको बताएकी छिन्।

Screenshot 2026 06 01 122527 https://bajarkochirfar.com/rsp-mp-tamang-demands-to-make-public-the-indian-land-allegedly-encroached-upon-by-nepal | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स