फागुन २१ को निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रतिमतदाता २६३ रुपैयाँ

फागुन २१ को निर्वाचनमा ४ अर्ब ९६ करोड खर्च, प्रतिमतदाता २६३ रुपैयाँ
Advertisement Ads

निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले मंगलबार विज्ञप्तिमार्फत निर्वाचन खर्च सार्वजनिक गरेका हुन्।

आयोगका अनुसार निर्वाचन सञ्चालनका लागि नेपाल सरकारले ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ उपलब्ध गराएको थियो। त्यसमध्ये निर्वाचन सम्पन्न गर्न ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको जनाएको छ।

खर्च विवरणअनुसार एक मतदातामाथि औसत २६३ रुपैयाँ खर्च भएको आयोगले उल्लेख गरेको छ। फागुन २१ मा सम्पन्न निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ८९ मतदाता रहेका थिए।

आयोगले निर्वाचन व्यवस्थापन, जनशक्ति परिचालन, सुरक्षा समन्वय, मतदान सामग्री र प्रशासनिक व्यवस्थापनलगायत शीर्षकमा उक्त रकम खर्च भएको जनाएको छ।

691637478 4404033443256554 8111167318450373740 n https://bajarkochirfar.com/rs-4-96-billion-spent-on-falgun-21-election-rs-263-per-voter | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स