राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, जलस्रोत, कृषि र आइटी सँगसँगै ‘राजतन्त्र’ फर्काउने कसरत

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन ३ गते
राप्रपाको चुनावी घोषणापत्र सार्वजनिक, जलस्रोत, कृषि र आइटी सँगसँगै ‘राजतन्त्र’ फर्काउने कसरत

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले ‘संकल्प पत्र’ नामक घोषणापत्र पढेर सार्वजनिक गरेका हुन्।

राप्रपाले आफ्नो घोषणापत्रमा आगामी नेपालका लागि लक्ष्य ‘सबल, समृद्ध र सम्मानित नेपाल–पृथ्वी पथ’ तय गरेको छ। यसमा पार्टीले शासकीय संरचना सम्बन्धी आफ्नो दृष्टिकोण पनि उल्लेख गरेको छ, जसअनुसार राजसंस्था अभिभावकीय संस्थाको रूपमा रहनुपर्ने र ‘प्रदेशको खारेजी, केन्द्र र बलियो स्थानीय तह भएको दुई तहको शासकीय संरचना’ अपनाउनुपर्ने बताएको छ।

साथै, राप्रपाले गैरदलीय स्थानीय तहको अवधारणालाई पनि घोषणापत्रमा समेटेको छ। पार्टीले जलस्रोत, पर्यटन, कृषि, सूचना, प्रविधि, र सुशासन जस्ता विषयलाई पनि आफ्नो घोषणापत्रमा प्राथमिकतामा राखेको छ।

PDF Document
Open in New Tab
AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स