राप्रपाले आफ्ना नेता तथा कार्यकर्तालाई अन्य पार्टीको सामग्रीमा लाइक र रिट्विट गर्न निषेध गर्यो

राप्रपाले आफ्ना नेता तथा कार्यकर्तालाई अन्य पार्टीको सामग्रीमा लाइक र रिट्विट गर्न निषेध गर्यो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्ना नेता र कार्यकर्ताको सामाजिक सञ्जाल प्रयोगलाई मर्यादित र व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गरेको छ। सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि–०८१ नामक यो नियमावलीले प्रतिस्पर्धी पार्टी, व्यक्ति, वा समूहको पार्टीलाई हानि पुग्ने सामग्रीलाई सेयर, लाइक, वा रिट्विट गर्न निषेध गरेको छ। परिच्छेद १० को (ग) मा स्पष्ट रूपमा सामाजिक सञ्जालमा जथाभावी क्रियाकलाप नगर्न निर्देशन दिइएको छ।

साथै, पार्टी पदाधिकारीहरूले सामाजिक सञ्जालमा छद्म नाम प्रयोग गर्न नपाउने र पार्टीका निर्णय, विचार, मूल्य मान्यता, आदर्श, र नीतिहरूलाई जनतामाझ पुर्‍याउने गरी सामाजिक सञ्जालको सही प्रयोग गर्नुपर्ने प्रावधान कार्यविधिमा समेटिएको छ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार, सामाजिक सञ्जालमा प्रसारित सामग्रीलाई व्यवस्थित र मर्यादित बनाउँदै भ्रामक सामग्रीलाई निरुत्साहित गर्न यो कार्यविधि ल्याइएको हो। केन्द्रीय प्रचार विभागले प्रस्तुत गरेको यो कार्यविधिलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेको छ।

श्रेष्ठले भने, “यस कार्यविधिले पार्टी र जनसमुदायबीच सन्तुलित, स्वस्थ, र बलियो सम्बन्ध विस्तार गर्नेछ। साथै, सामाजिक सञ्जालको माध्यमबाट पार्टीलाई संगठित, सबल, र विश्वसनीय बनाउने उद्देश्य लिएको छ।” उनका अनुसार पछिल्लो समय पार्टीभित्र सामाजिक सञ्जालमा जथाभावी लेख्ने प्रवृत्ति बढेकोले यस कार्यविधिले मनपरी लेख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स