instainsta

नेपालकै सबैभन्दा ठूलो होटल बन्ने लक्ष्यसहित ग्वार्कोमा ‘रोयल टुलिप काठमाडौं’ सञ्चालनमा

नेपालकै सबैभन्दा ठूलो होटल बन्ने लक्ष्यसहित ग्वार्कोमा ‘रोयल टुलिप काठमाडौं’ सञ्चालनमा
AdvertisementAds

ललितपुरको ग्वार्कोमा अन्तर्राष्ट्रिय ब्रान्ड ‘रोयल टुलिप काठमाडौं’ होटल सञ्चालनमा आएको छ। लुभ्र होटल्स समूह अन्तर्गत सरोवर होटल्सले व्यवस्थापन गर्ने यो होटल ‘ल्यान्डमार्क परियोजना’अन्तर्गत सुरु गरिएको हो, जसले नेपालमै सबैभन्दा ठूलो होटल र सम्मेलन केन्द्र बन्ने लक्ष्य लिएको छ।

द म्यासिफ होटल प्रालिले विकास गरेको यो परियोजनामा सुरुमा १०४ कोठा सञ्चालनमा आएका छन्, भने पूर्णरूपमा ३०८ कोठा रहनेछ। होटल रिङरोड नजिकै र त्रिभुवन विमानस्थलबाट ३.५ किमी दूरीमा अवस्थित छ।

यहाँ ३० हजार वर्गफिट क्षेत्रफलको सम्मेलन स्थल, दुई विशाल सभाहल, ६ मिटिङ हल, ब्रेकआउट एरिया, बोर्डरूम र ६०० सवारी अट्ने पार्किङ सुविधा उपलब्ध छ।

खाना र पेयका लागि ‘ललितपुर क्याफे’ र ‘अल्पाइन लाउन्ज एन्ड बार’ सञ्चालनमा आएका छन्, जहाँ पाहुनाले अन्तर्राष्ट्रिय स्वाद र वातावरणको अनुभव लिन सक्नेछन्।

व्यवस्थापनका अनुसार, यो होटलले उच्चस्तरीय सेवा र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको आतिथ्यता प्रदान गर्दै काठमाडौंलाई नयाँ उचाइमा पुर्‍याउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स