नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छोडेको घोषणा गरेका छन्। उनले अब नागरिक उन्मुक्ति नेपाल पार्टी खोलेर अघि बढ्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत उनले पार्टी छोडेको जानकारी सार्वजनिक गरेका हुन्। पछिल्लो समय चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच पार्टीको आधिकारिकता सम्बन्धी विवाद देखिएको थियो। चौधरीले नयाँ पार्टीमा जोडिन सम्पूर्ण पार्टी पन्तिलाई आग्रह गरेका छन् र जेनजी पुस्ताको माग र भावना समेट्दै अघि बढ्ने प्रण गरेका छन्।
उनले छिट्टै नयाँ पार्टीको बैठक बोलाउने र विस्तृत जानकारी सार्वजनिक गर्ने पनि बताएका छन्।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया