SHAREHUBSHAREHUB

सरकारलाई निर्वाचनका बेला तीन दिन सार्वजनिक बिदा दिने सिफारिस

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ५ गते
AdvertisementAds
सरकारलाई निर्वाचनका बेला तीन दिन सार्वजनिक बिदा दिने सिफारिस
AdvertisementAds

नीति अनुसन्धान प्रतिष्ठानले सरकारले निर्वाचनको समयमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा. डा. लेखनाथ शर्माले नेतृत्व गरेको अध्ययनअनुसार, निर्वाचनको दिनसहित कम्तीमा तीन दिन सार्वजनिक बिदा दिएमा धेरै नागरिकले आफ्नो नाम दर्ता भएको मतदान केन्द्रमा पुगेर मतदान प्रक्रियामा सहभागी हुन सक्नेछन्। सो उद्देश्यका लागि मन्त्रिपरिषद्ले आवश्यक नीतिगत व्यवस्थाका साथ कम्तीमा तीन दिन सार्वजनिक बिदा दिने व्यवस्था गर्नु उपयुक्त हुने अध्ययनले सुझाव दिएको छ।

साथै, अध्ययनले निर्वाचनमा खटिएका सुरक्षाकर्मी (म्यादी प्रहरीसमेत), निजामती कर्मचारी, शिक्षक लगायत सबै कर्मचारीलाई उनीहरूले खटिएको मतदान केन्द्रबाट समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतदान गर्न पाउने व्यवस्था हालको अभ्यासअनुसार परिष्कृत, सरल र सहज बनाउन सुझाव दिएको छ। मतदाता नियमावली ऐन, २०७३ को दफा ३० अनुसार परिचय-पत्रका आधारमा मतदान गर्न पाउने लचिलो व्यवस्था पनि अध्ययनले सिफारिस गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स