रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आफ्नो छैटौं वार्षिक साधारणसभा कात्तिक १२ गते आयोजना गर्ने भएको छ। सभा पुरानो बानेश्वरस्थित मानसरोवर पार्टी प्यालेसमा दिउँसो १ बजे सुरु हुनेछ।
सभामा कम्पनीले गत आर्थिक वर्षको वित्तीय विवरण छलफल गरी पारित गर्नेछ, साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा राखिएको छ।
कम्पनीले यस वर्षका लागि कुनै लाभांश प्रस्ताव नगरेको जनाएको छ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २७ गते बुक क्लोज गर्ने भएकाले असोज २६ गतेसम्म नामसारी भएका सेयरधनी मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।














![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)





प्रतिकृया