रास्वपाकी सांसद सोबिता बाबुरामलाई भेट्न पुगिन्, के भयो छलफल ?
नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमबीच भेटवार्ता सम्पन्न भएको छ।
मंगलबार भट्टराईको निवासमा भएको यस भेटवार्तामा देशमा वैकल्पिक राजनीति लगायतका विषयमा विस्तृत छलफल भएको छ। नेसपा अध्यक्ष भट्टराईले यस विषयमा सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै भनेका छन्, ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तिसँग देशको अर्थ/राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श भयो।’
यसअघि, भट्टराईले पोखराको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेलाई समेत भेट गरेका थिए। उक्त भेटपछि उनले लामिछानेमाथि सरकारको प्रतिसोधपूर्ण व्यवहार भएको टिप्पणी गरेका थिए।