राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले कर्मचारीहरूले प्रधानमन्त्रीको निर्देशन नमान्ने प्रवृत्तिलाई आलोचना गरेका छन्।
भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बोल्दै उनले मुख्य सचिवका निर्देशन पालना नगर्ने र अख्तियारका निर्देशनमा १० मिनेटमै काम हुने प्रवृत्तिलाई सुधार्नुपर्ने बताएका छन्। उनले भ्रष्टाचारका बेनामी उजुरीहरूलाई दर्ता नगर्न कानूनी व्यवस्था बनाइने जानकारी दिएका छन्।
उनले भने, “सरकार र मुख्य सचिवले भनेको नमान्ने, तर अख्तियारले भनेको मात्र पालना गर्ने प्रवृत्ति राम्रो होइन।” उनले नीतिगत भ्रष्टाचारको समस्याबारे समितिले कानून बनाउने काम गरिरहेको उल्लेख गरे।
साथै, बजेटको छुट्याइँसँगै जेल जानुपर्ने प्रचलनले विकासमा असर पर्ने चेतावनी पनि दिएका छन्।



















प्रतिकृया