रास्वपामा सहमहामन्त्रीका लागि रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको दाबी

रास्वपामा सहमहामन्त्रीका लागि रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको दाबी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनका क्रममा सांसद रमेश प्रसाईं र यज्ञमणि न्यौपानेले सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

चितवनमा जारी महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा सञ्चारकर्मीसँग कुरा गर्दै दुवैले पहिलो चरणमा केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्ने र त्यसपछि सहमहामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने बताएका हुन्।

उनीहरूका अनुसार महाधिवेशन प्रतिनिधिहरूको सुझावपछि पदाधिकारी तहमा प्रतिस्पर्धा गर्ने निर्णय गरिएको हो। यज्ञमणि न्यौपानेले यसअघि महामन्त्री पदमा दाबी गर्ने सोच भए पनि पछि सहमहामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको बताए।

उनले परिणाम जे भए पनि सहज रूपमा स्वीकार गर्ने र पार्टीलाई बलियो बनाउने उद्देश्यले प्रतिस्पर्धामा उत्रिएको बताए। त्यसैगरी रमेश प्रसाईंले नेतृत्वको सल्लाह र कार्यकर्ताको विश्वासका आधारमा उम्मेदवारी दिन लागेको बताएका छन्।

महाधिवेशनमा नेतृत्व चयनका लागि आकांक्षीहरूको संख्या बढ्दै जाँदा विभिन्न पदमा प्रतिस्पर्धा रोचक बन्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स