जेनजी आन्दोलनबारे बयान दिन जाँचबुझ आयोग पुगे रमेश लेखक

जेनजी आन्दोलनबारे बयान दिन जाँचबुझ आयोग पुगे रमेश लेखक

नेपाली कांग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक बयानका लागि सिंहदरबारस्थित जाँचबुझ आयोगको कार्यालय पुगेका छन्। भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकसँग आयोगले सो घटनासम्बन्धी बयान लिन लागेको हो।

आयोगले जेनजी आन्दोलनका क्रममा भएका गतिविधिबारे सोधपुछ गर्न लेखकलाई पुस १३ गते उपस्थित हुन पत्रमार्फत बोलाएको थियो। सोही अनुरूप उनी आज आयोगको कार्यालय पुगेका हुन्।

आयोगको पत्र प्राप्त भएपछि आफू बयान दिन उपस्थित हुने जानकारी लेखकले यसअघि नै पार्टी नेतृत्वलाई गराइसकेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स