अनधिकृत रूपमा सीप प्रमाणीकरण गर्ने संस्थामा छापा, कार्यालय सिलबन्दी

अनधिकृत रूपमा सीप प्रमाणीकरण गर्ने संस्थामा छापा, कार्यालय सिलबन्दी

सिटिइभिटीबाट सीप प्रशिक्षण सञ्चालनको मात्र अनुमति लिएर अनधिकृत रूपमा सीप परीक्षण तथा प्रमाणीकरण गर्दै आएको इन्डस्ट्री ट्रेनिङ इन्स्टिच्युटको कार्यालय सिलबन्दी गरिएको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) र वैदेशिक रोजगार विभागको संयुक्त अनुगमन टोलीले निरीक्षणका क्रममा संस्थाको कार्यालय सिलबन्दी गरेको हो।

विशेषगरी वैदेशिक रोजगारीमा जाने श्रमिकलाई लक्षित गरी तोकिएको सर्तविपरीत सीप प्रमाणीकरण प्रमाणपत्र उपलब्ध गराउने गरेको गुनासोपछि संयुक्त टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा संस्थाले प्रचलित कानुन र अनुमति सर्तको गम्भीर उल्लङ्घन गरेको पाइएको जनाइएको छ।

अनुगमनबाट सीप प्रशिक्षणको मात्र अनुमति पाएको संस्थाले सिटिइभिटीलाई मात्र प्राप्त रहेको सीप परीक्षण र प्रमाणीकरणको अधिकार अनधिकृत रूपमा प्रयोग गरेको भेटिएको छ। साथै, अनुमति लिँदा उल्लेख गरिएका विधाभन्दा फरक विषयमा पनि तालिम सञ्चालन गरेको पाइएको छ।

संयुक्त टोलीले संस्थाबाट आवश्यक कागजात र प्रमाणपत्र नियन्त्रणमा लिएर अध्ययनका लागि सुरक्षित राखेको छ। ती कागजातको अध्ययन तथा अनुसन्धानपछि संस्थाविरुद्ध थप कानुनी कारबाही अघि बढाइने जनाइएको छ।

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स