पूर्वप्रधानमन्त्रीमाथि खनिए रवि : मलाई जेलको डर छैन, देशसँग बालेन छन्

पूर्वप्रधानमन्त्रीमाथि खनिए रवि : मलाई जेलको डर छैन, देशसँग बालेन छन्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई जेल जाने कुनै चिन्ता नभएको बताएका छन्। उनले रास्वपामा बालेन शाह आएपछि पार्टी र देशको भविष्यप्रति आफू अझ ढुक्क भएको उल्लेख गरे।

सोमबार जनकपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले आफूविरुद्ध लागेका मुद्दाहरूलाई लिएर चिन्तित नभएको स्पष्ट पारे।

‘युवा र नागरिकको टाउकोमा गोली ठोकेर भागेका प्रधानमन्त्रीले लगाएको मुद्दाले म जेल जान्छु कि भन्ने चिन्ता अब मलाई छैन,’ उनले भने, ‘देर आइ दुरुस्त आइ। अब देश नै बदल्ने गरी अगाडि बढ्छौँ।’

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स