SHAREHUBSHAREHUB

रवि लामिछानेको गर्जन: ‘हामी इतिहास पढ्न होइन, लेख्न आएका हौँ’

AdvertisementAds
रवि लामिछानेको गर्जन: ‘हामी इतिहास पढ्न होइन, लेख्न आएका हौँ’
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा इतिहास पढ्न नभई लेख्न आएको दाबी गरेका छन्। उनले आगामी निर्वाचनपछि रास्वपाले देशको राजनीतिक इतिहास लेखाउने बताएका छन्।

जनकपुरमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले रास्वपा नेतृत्वको सरकार बन्ने दाबी गर्दै मधेसका सन्तानलाई पहिलोपटक प्रधानमन्त्री बन्ने अवसर आउने बताए। पार्टीलाई जिताउन आग्रह गर्दै उनले मधेससँगै देशको मुहार फेर्ने प्रतिबद्धता व्यक्त गरे।

‘मधेससँगै देशको मुहार फेर्ने हो। त्यसका लागि बालेन शाह आएको छ,’ उनले भने। लामिछानेले बालेन शाहले देश बनाउनेमा आफू पूर्ण रूपमा ढुक्क रहेको पनि बताए।

काठमाडौं महानगरपालिकाले नमुना काम गरे पनि केन्द्र सरकारले एउटा प्रशासकीय अधिकृतसमेत दिन नसकेको स्मरण गराउँदै लामिछानेले अब प्रशासकीय अधिकृत होइन, सत्ता नै फेर्ने समय आएको बताए।

‘अब प्रशासकीय अधिकृत होइन, तिम्रो सत्ता फेर्ने हो,’ उनले भने, ‘अब फेर्ने सत्ता जनताको हुनेछ।’

AdvertisementAds

आफ्नो सरकार बनेपछि पुराना राजनीतिक दलका नेताहरूप्रति प्रतिशोध नसाँधिने स्पष्ट पार्दै लामिछानेले शासन शैली फरक हुने बताए। ‘हाम्रो सरकार ढोका–ढोका चहार्दै जाने छैन, हामी उनीहरूजस्तो प्रतिशोधमा उत्रिने पनि छैनौँ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स