SHAREHUBSHAREHUB

जनकपुरमा रवि लामिछानेको गर्जन: ‘हिजो धेरै भोट ल्याउने सांसद थिएँ, अब ठूलो पार्टी बनेर संसद छिर्छु’

AdvertisementAds
जनकपुरमा रवि लामिछानेको गर्जन: ‘हिजो धेरै भोट ल्याउने सांसद थिएँ, अब ठूलो पार्टी बनेर संसद छिर्छु’
AdvertisementAds

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी निर्वाचनमा सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्‌मा प्रवेश गर्ने दाबी गरेका छन्।

सोमबार जनकपुरमा आयोजित रास्वपाको सभालाई सम्बोधन गर्दै लामिछानेले यसअघि आफू व्यक्तिगत रूपमा सबैभन्दा धेरै मत ल्याउने सांसद बनेको स्मरण गर्दै अब पार्टीकै रूपमा पनि सबैभन्दा बढी मत प्राप्त गर्ने लक्ष्य रहेको बताए।

‘हिजो म सबैभन्दा धेरै भोट ल्याउने सांसद भएको थिएँ। अब सबैभन्दा धेरै मत ल्याउने पार्टी बनेर संसद्‌मा जानेछु,’ उनले भने।

आफूमाथि लागेका मुद्दाका कारण दैनिकजसो अदालत धाउनुपर्ने अवस्था आएको गुनासो गर्दै लामिछानेले त्यसबाट आफू विचलित नभएको स्पष्ट पारे। जनताको मुद्दा बोकेर अघि बढेकाले ती मुद्दा लड्दै जाने र परिणाम स्वीकार गर्ने उनको भनाइ थियो।

‘प्रत्येक दिन मेरो टाउकोमा लागेका मुद्दाका कारण कुनै न कुनै अदालतमा उपस्थित हुनुपर्छ। मलाई त्यसको प्रवाह छैन। जनताको मुद्दा बोकेर हिँडेको मान्छे हुँ, मुद्दा लड्दै जान्छु। जिते जितिन्छ, हारे हारिन्छ,’ उनले भने।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स