हलमा १०० दिन पूरा गर्दै ‘पूर्ण बहादुरको सारङ्गी’, विशेष अफरमा १०० रुपैयाँमै टिकट



Advertisement
Ads

कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ आजबाट सय दिनमा प्रवेश गरेको छ। यो चलचित्र नेपालभरका धेरै हलमा सय दिनसम्म प्रदर्शन हुने नयाँ कीर्तिमान बनाएको छ। निर्माता विनोद पौडेलका अनुसार ‘पूर्ण बहादुरको सारङ्गी’ सबैभन्दा धेरै हलमा सय दिन चल्ने चलचित्र बनेको छ।

काठमाडौंको सामाखुसी, रञ्जना, राइजिङ महल, बनेपा, बुटवल, र धरानका हलहरूमा चलचित्रले सय दिन पूरा गरेको छ। यस अवसरमा निर्माण पक्षले दर्शकहरूका लागि विशेष अफरस्वरूप टिकट मूल्य मात्र एक सय रुपैयाँमा उपलब्ध गराएको छ।


Advertisement

एक करोड ३० लाख लागतमा निर्माण भएको यस चलचित्रले नेपालभित्र र बाहिर गरी कुल पौने एक अर्बभन्दा बढी ग्रस कलेक्शन गर्न सफल भएको छ। सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन्। महेश दवाडीको पटकथा तथा संवाद रहेको यस चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्, भने कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ, र रमेश ढकाल रहेका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर