लोक सेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी, यसरी दिन सकिन्छ आवेदन

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २६ गते
लोक सेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी, यसरी दिन सकिन्छ आवेदन

लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्य सेवातर्फका पदहरू पूर्ति गर्न १७० जना कर्मचारीका लागि आवेदन खुला गरेको छ।

बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै आयोगले निजामती सेवामा प्राविधिक राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवामा सातौं तथा आठौं तहका पदका लागि दरखास्त माग गरेको हो।

आवेदन मंसिर १६ गतेसम्म दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।

उम्मेदवारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय रूपमा फाराम भर्न सक्नेछन्।

आवेदन दस्तुर प्रत्येक विज्ञापनका लागि रु १,२०० तोकिएको छ। सोही पदका समावेशी विज्ञापनहरूमा समेत आवेदन दिने उम्मेदवारले प्रत्येक थप विज्ञापनका लागि रु ४०० अतिरिक्त शुल्क तिर्नुपर्नेछ।

2025 11 12 12 15 29 2082 07 26 08 1762912876 scaled https://bajarkochirfar.com/public-service-commission-seeks-large-number-of-employees-heres-how-to-apply | %tags
2025 11 12 12 15 29 2082 07 26 09 1762912876 scaled https://bajarkochirfar.com/public-service-commission-seeks-large-number-of-employees-heres-how-to-apply | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स