स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद राईमाथि अनुसन्धान गर्न सरकारी वकिलको निर्देशन



Advertisement
Ads

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको बचत अपचलनको आरोप लागेपछि नेपाली कांग्रेसकी सांसद माया राईमाथि सरकारी वकिलले थप अनुसन्धान गर्न निर्देशन दिएका छन्।

सहकारी ठगीका घटनामा रवि लामिछाने र गितेन्द्रबाबु (जीबी) राईको नामसमेत जोडिएको छ, र यसै सन्दर्भमा माया राईमाथि पनि अनुसन्धान हुने भएको हो।


Advertisement

राई स्वर्णलक्ष्मी सहकारीको सहसचिव थिइन्, र उनलाई उन्मुक्ति दिएको आरोप छ। जिल्ला प्रहरी परिसर काठमाडौंले ४४ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको भए पनि सरकारी वकिलको कार्यालयले ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा अघि बढाएको हो।

सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, प्रहरीले माया राईको नाम प्रतिवेदनमा राखेको भए पनि बतन नखुलेको कारण उनीलाई प्रतिवादी बनाइएको छैन।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर