SHAREHUBSHAREHUB

बेरोजगार युवालाई मासिक बेरोजगार भत्ता दिने प्रदेश सरकारको निर्णय

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर १० गते
AdvertisementAds
बेरोजगार युवालाई मासिक बेरोजगार भत्ता दिने प्रदेश सरकारको निर्णय
AdvertisementAds

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक बेरोजगार भत्ता दिने निर्णय गरिएको जानकारी दिएका छन्।

प्रथम मन्त्रिपरिषद् बैठकको निर्णय आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उनले प्रदेशमा स्नातक उत्तीर्ण गरेका बेरोजगार युवालाई मासिक रु दुई हजारका दरले बेरोजगार भत्ता दिने निर्णय गरिएको बताएका छन्।

प्रदेश सरकारले १८ वर्षदेखि ३५ वर्ष उमेरसम्मका स्नातक उत्तीर्ण गरी कुनै रोजगारमा नरहेका युवालाई जीवन निर्वाहबापत मासिक रु दुई हजारका दरले भत्ता उपलब्ध गराउने निर्णय गरेको हो। प्रदेशमा स्नातक उत्तीर्ण गरेका करिब एक लाख ५० हजार बेरोजगार युवा छन्।

बैठकमा सरकारले खडेरी र डुबानबाट धानबालीमा क्षति बेहोरेका किसानलाई प्रतिकट्ठा रु. एक हजार ५०० का दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।

किसानलाई राहत दिँदा रु. ३६ करोड र युवालाई बेरोजगार भत्ता दिँदा रु. ३५ करोड खर्च हुने अनुमान गरिएको मुख्यमन्त्री यादवले जानकारी दिएका छन्। किसानलाई राहतस्वरूप रु एक हजार ५०० प्रतिकट्ठा उपलब्ध गराउने प्रक्रियामा रहेको उहाँले बताएका छन्।

AdvertisementAds

यस वर्ष लामो समय खडेरीको मारमा परेका मधेस प्रदेशका किसानहरू गत असोजको अविरल वर्षाबाट पुनः डुबान पीडित भएका थिए। मनसुन अवधिमा लामो समय खडेरी परेपछि प्रदेश सरकारले मधेसका जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स