प्रतिनिधि सभाको मंगलबारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै आज पनि विरोध जनाएको छ। बैठक सुरु हुनेबित्तिकै पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरू आफ्ना स्थानबाट उठेर विभिन्न मागसहितका प्लेकार्ड प्रदर्शन गरेका हुन्।
सदनको कारबाही चलिरहँदा उनीहरूले प्लेकार्डमार्फत आफ्ना मागप्रति सरकार र संसद्को ध्यानाकर्षण गराएका थिए।
श्रम संस्कृति पार्टीले सोमबारको बैठकमा पनि यस्तै शैलीमा विरोध जनाएको थियो। लगातार दोस्रो दिन पनि उक्त पार्टीले संसद् बैठकमा असन्तुष्टि व्यक्त गर्दै विरोधलाई निरन्तरता दिएको हो।



















![अर्थमन्त्री फेरिंदैछन् ? सेयर बजारले के चाहेको छ ? [भिडिओसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/o1QyWIoiIVA-maxresdefault-150x150.jpg)
प्रतिकृया