समानुपातिक उम्मेदवार रवि र बालेनको सहमतिमा छनोट हुने

समानुपातिक उम्मेदवार रवि र बालेनको सहमतिमा छनोट हुने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले भावी प्रधानमन्त्री र पार्टीको दोस्रो वरीयताको नेताका रूपमा अघि बढ्ने सहमति गरेसँगै आसन्न निर्वाचनमा उम्मेदवारी बाँडफाँडको प्रक्रिया सुरु भएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूची कुल ११० जनाको नाम बुझाउनुपर्ने व्यवस्था छ। सोहीअनुसार बालेन पक्षबाट ४० र बाँकी ७० जना रास्वपाबाट उम्मेदवार रहने गरी सूची तयार गर्ने समझदारी भएको रस्वपाका एक नेताले भने।

समानुपातिक सूची तयार गर्ने प्रक्रिया दुवै पक्ष मिलेर गर्ने तय भएको छ। बालेन र रास्वपाका अन्य नेताहरू बसेर आ–आफ्नो सूची तयार गरी अन्तिम सहमतिमा सूची टुंग्याउने तयारी भइरहेको छ।

शनिबार राति भएको सम्झौतामा एकतापछि योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मानेर अनुभवी विज्ञहरूलाई समावेश गर्दै संगठनात्मक संरचना विस्तार गर्ने र निर्वाचन आयोगमा आवश्यक दस्तावेज अद्यावधिक गर्ने विषय पनि उल्लेख गरिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स