प्रविधि कम्पनी प्रिक्सा टेक्नोलोजीले दैलो कृषिलाई अधिग्रहण गरेको घोषणा गरेको छ । नेपालको खाद्य प्रणालीमा भरोसा र विश्वासिलो पूर्वाधार निर्माण गर्ने लक्ष्यसहित यो अधिग्रहण गरिएको कम्पनीले जनाएको छ ।
प्रिक्साका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनीष शर्माका अनुसार कम्पनीले नेपाललाई केवल बजारका रूपमा नभई नयाँ प्रणाली परीक्षण र विकास गर्ने ‘एक्सपेरिमेन्ट ल्याब’ का रूपमा हेर्दै आएको छ । “नेपालमा धेरै पहिले नै निर्माण हुनुपर्ने प्रणालीहरू अहिले बनाउने प्रयासमा छौँ,” शर्माले भने, “दैलो कृषि ती थोरै टिममध्ये एक हो, जसले खाद्य सुरक्षा र विश्वासको समस्यालाई जडदेखि समाधान गर्न खोजिरहेको छ।”
अधिग्रहणपछि पनि दैलो कृषि आफ्नो मूल उद्देश्य र पहिचानमा अडिग रहनेछ । अब उसले प्रिक्साको प्रविधि, प्रणाली र इकोसिस्टमको उपयोग गर्नेछ । प्रिक्साका अनुसार यो कदम तत्काल ब्रान्ड परिवर्तन वा आक्रामक विस्तारभन्दा पनि कृषि क्षेत्रमा दीर्घकालीन र विश्वासिलो पूर्वाधार विकासका लागि आवश्यक स्रोत र क्षमता जुटाउनेतर्फ केन्द्रित छ ।
“हामी जे खान्छौँ, त्यसप्रति विश्वास हुनु सबैभन्दा आधारभूत कुरा हो,” शर्माले थपे, “यो अधिग्रहण हाम्रो खाद्य प्रणालीमा प्रविधिमार्फत ‘ट्रस्ट इन्जिनियरिङ’ गर्ने प्रयास हो।”
संस्थापक धीरज चापागाईँको नेतृत्वमा दैलो कृषिले नेपालका विभिन्न कृषि सहकारीहरूसँग सहकार्य गर्दै आएको छ । प्लेटफर्मले उत्पादनको स्रोत खुल्ने ‘ट्रेसिबल’ ताजा कृषि उपजहरू सिधै फार्मबाट उपभोक्ताको दैलोसम्म पुर्याउँदै आएको छ । यसमार्फत स्थानीय कृषक र ग्रामीण समुदाय सशक्त हुनुका साथै स्वस्थ, प्रमाणित र किफायती कृषि उपजमा उपभोक्ताको पहुँच सहज बनेको छ ।
प्रिक्सा टेक्नोलोजी भने एआई तथा मेसिन लर्निङ सोलुसन, हाइपर-स्केल क्लाउड इन्फ्रास्ट्रक्चर र डाटा इन्जिनियरिङ क्षेत्रमा काम गर्दै आएको प्रविधि कम्पनी हो ।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया