लिपुलेक र लिम्पियाधुरासम्बन्धी विषयमा यसो भन्छन् प्रधानमन्त्री शाह

लिपुलेक र लिम्पियाधुरासम्बन्धी विषयमा यसो भन्छन् प्रधानमन्त्री शाह

प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद कूटनीतिक छलफलमार्फत समाधान गर्ने बताएका छन्।

उनले सीमा समस्याबारे दुवै देशबीच वार्ता आवश्यक रहेको उल्लेख गर्दै लिपुलेक र लिम्पियाधुरासम्बन्धी विषयमा नेपालले पठाएको पत्रको भारत सरकारले जवाफ दिएको जानकारी समेत दिए।

प्रधानमन्त्री शाहका अनुसार भूमि सम्बन्धी विषयमा ‘टेबल टक’ (द्विपक्षीय छलफल) गर्ने सहमति भएको छ। उनले यो विषयमा बेलायत सरकारसँग पनि परामर्श भइरहेको र समाधानका लागि निरन्तर प्रयास जारी रहेको बताए।

साथै उनले सीमा विवाद केवल एकतर्फी नभई दुवै पक्षका संवेदनशील विषयहरू रहेका भन्दै संवादकै माध्यमबाट निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स