प्रधानमन्त्री शाहले संसदबाट भने, ‘३५ वर्षमा हुन नसकेको सुकुमबासी व्यवस्थापन ३५ मिनेटमा नखोजौँ’

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ १७ गते
प्रधानमन्त्री शाहले संसदबाट भने, ‘३५ वर्षमा हुन नसकेको सुकुमबासी व्यवस्थापन ३५ मिनेटमा नखोजौँ’

प्रतिनिधिसभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री बालेन शाहले सुकुमबासी व्यवस्थापन जटिल र दीर्घकालीन प्रक्रिया भएकाले ३५ वर्षमा समाधान नभएको समस्या ३५ मिनेटमै खोज्न नसकिने बताएका छन्।

श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले उठाएको प्रश्नको जवाफ दिँदै उनले काठमाडौँ उपत्यकाका खोलाछेउका सुकुमबासी बस्ती व्यवस्थापन गरी सुरक्षित स्थानमा सार्ने काम सरकारले अघि बढाइरहेको बताए।

उनका अनुसार यसअघि आफू स्थानीय सरकारमा रहँदा पनि संघीय सरकारलाई यस विषयमा ध्यानाकर्षण गराएको स्मरण गर्दै अहिले होल्डिङ क्षेत्रमा राखिएकाहरूका लागि जग्गा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाइएको उल्लेख गरे।

प्रधानमन्त्री शाहले सुकुमबासी व्यवस्थापन सरकार र राष्ट्रिय स्वतन्त्र पार्टीको साझा दृष्टिकोण भएको दाबी गर्दै तीनवटा मन्त्रालयले जग्गा व्यवस्थापनसम्बन्धी काम गरिरहेको जानकारी पनि दिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स