भोलि थाइल्यान्ड जान लागेका प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १८ गते
भोलि थाइल्यान्ड जान लागेका प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्यान्ड भ्रमणमा जाने भएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनले बिमस्टेक शिखर सम्मेलनमा भाग लिने कार्यक्रम छ। यसअघि नै मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरिसकेको छ।

भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आइतबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका थिए। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा नेपालको आर्थिक विकास, कनेक्टिभिटी, ऊर्जा, पर्यटन, र सांस्कृतिक आदानप्रदान जस्ता विषयमा केन्द्रित रही भ्रमणलाई मुलुकको अधिकतम् हितमा उपयोग गर्न सुझाव दिइएको छ।

नेपालका प्रधानमन्त्रीको यो पहिलो औपचारिक थाइल्यान्ड भ्रमण भएकाले यसलाई विशेष महत्वका रूपमा हेरिएको छ। मुलुकलाई विविध क्षेत्रमा लाभ पुग्ने गरी उच्चस्तरीय वार्ताहरू हुने अपेक्षा गरिएको छ।

यसैबीच, प्रधानमन्त्री ओलीले सोमबार साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। विदेश भ्रमण अघि मन्त्रिपरिषद्को नियमित बैठक आयोजना गरिएको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स