एससिओ शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र १८ गते
एससिओ शिखर सम्मेलनमा सहभागी भई प्रधानमन्त्री ओली आज स्वदेश फर्किँदै

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग संगठन (एससिओ) शिखर सम्मेलनमा सहभागी भई आज (बुधबार) स्वदेश फर्कंदैछन्। ओलीले भदौ १४ गते २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलसहित चीनको तियानजिन प्रस्थान गरेका थिए।

भ्रमणका क्रममा उनले राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरी शिखर सम्मेलनलाई सम्बोधन गरे। सन् २०१६ देखि नेपाल एससिओको संवाद साझेदार रहँदै आएको छ। सन् २००१ मा स्थापित यस संगठनमा चीन, रूस, भारत, पाकिस्तान, इरान, बेलारुस, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान र उज्बेकिस्तान पूर्ण सदस्य छन्। अफगानिस्तान र मंगोलिया पर्यवेक्षक राष्ट्र हुन् भने नेपालसहित टर्की, श्रीलङ्का, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदार हुन्।

प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. हुन मानेत, लाओसका प्रधानमन्त्री सोनेसाइ सिपानडोन र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता गरे। साथै, उनले बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग पनि भेटवार्ता गरेका थिए। यस भ्रमणमा प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्यसहित मन्त्री, सांसद र उच्च अधिकारी सहभागी थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स