संसद चल्न दिन प्रधानमन्त्री ओलीले गरे प्रचण्डलाई फोन
प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री ओलीले प्रचण्डलाई फोन गरी प्रतिनिधिसभाको अवरोध हटाउन सहयोग गर्न आग्रह गरेका थिए।
तर प्रचण्डले गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् चल्न नदिने विपक्षी दलहरूको अडान कायमै रहेको स्पष्ट पारेका छन्। माओवादी केन्द्रका सांसद माधव सापकोटाका अनुसार, प्रचण्डले गृहमन्त्री लेखकलाई राजीनामा गराएर प्रधानमन्त्री आफैं संसदमा आएर जवाफ दिनुपर्ने माग दोहोर्याएका थिए।