प्रधानमन्त्री कार्कीले सिफारिस गरिन् चार मन्त्रीको नाम, आजै हुने शपथ ग्रहण

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक ९ गते
प्रधानमन्त्री कार्कीले सिफारिस गरिन् चार मन्त्रीको नाम, आजै हुने शपथ ग्रहण

प्रधानमन्त्री सुशील कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै चार जना नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेकी छन्। स्रोतका अनुसार, सुधा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्री, गणपतिलाल श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, खगेन्द्र सुनार श्रम तथा रोजगार मन्त्री र बब्लु गुप्ता युवा तथा खेलकुद मन्त्री बन्न लागेका छन्।

चारै जनाको नाम प्रधानमन्त्री कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेकी छिन्। आजै शपथ ग्रहण हुने सम्भावना छ भने राष्ट्रपति कार्यालयले शपथ ग्रहणको समय केहीबेरमा सार्वजनिक गर्ने जनाएको छ।

हाल सरकारमा अर्थमन्त्रीका रूपमा रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय तथा संसदीय मामिला; भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन, कृषि मन्त्री मदन प्रसाद परियार र सञ्चारमन्त्री जगदीश खरेल रहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स