SHAREHUBSHAREHUB

प्रधानमन्त्री कार्कीले आजदेखि कार्यभार सम्हाल्दै

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २९ गते
AdvertisementAds
प्रधानमन्त्री कार्कीले आजदेखि कार्यभार सम्हाल्दै
AdvertisementAds

नव नियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आजबाट कार्यभार सम्हाल्दै छिन्।

जेन–जी आन्दोलनको बलमा गएको शुक्रबार साँझ शपथ लिएकी कार्कीले आइतबार बिहान ११:३० बजे सिंहदरबार पुगेर पदभार ग्रहण गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयले जनाएको छ।

भदौ २४ गते आन्दोलनका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयमा आगजनी भएपछि अस्थायी रूपमा गृह मन्त्रालयका लागि बनेको नयाँ भवनबाट प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी भएको हो।

राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई आगामी ६ महिनाभित्र चुनाव गर्ने सर्तसहित प्रधानमन्त्री नियुक्त गरेका हुन्।

आगजनीबाट क्षतिग्रस्त सिंहदरबारका अन्य मन्त्रालयहरू पनि सरसफाइ गरेर क्रमशः सञ्चालनमा ल्याइने तयारी गरिएको छ। आजदेखि सिंहदरबार पुनः लयमा फर्किने प्रवक्ता तथा सहसचिव रविलाल शर्माले जानकारी दिएका छन्।

AdvertisementAds

तत्कालका लागि प्रधानमन्त्री कार्यालय आगलागीबाट बचेका सामग्री प्रयोग गरेर नै सञ्चालन हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स