प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा हालै रद्द गरिएका तीन विज्ञ युवा तथा सामाजिक विज्ञ प्रदीप ज्ञवाली, सूचना तथा प्रविधि विज्ञ अरुण कटुवाल र शाखा अधिकृत आकृति घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री विभिन्न स्वार्थ समूहको प्रभावमा परेका आरोप लगाएका छन्। उनीहरूले देश संवेदनशील अवस्थामा रहेका बेला प्रधानमन्त्रीको कार्यालयभित्र बाह्य चलखेल बढेको दाबी गरेका छन्।
विज्ञहरूले स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रतिशोधपूर्ण ढंगले आफ्नो नियुक्ति रद्द गराउने काममा भूमिका खेलेको आरोपसमेत लगाएका छन्। उनका अनुसार सचिवालयमा स्वस्थ र व्यावसायिक वातावरणको सट्टा राजनीतिक तथा व्यक्तिगत स्वार्थ हावी भएका छन्।
यस विषयमा सरकारको तर्फबाट आधिकारिक प्रतिक्रिया आएको छैन। स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ पूर्वमा सर्वोच्च अदालतमा कम्प्युटर सहायकका रूपमा कार्यरत थिए। करार कर्मचारी भए पनि उनले न्यायाधीशहरूलाई प्रभावमा पारेर कजलिस्टसमेत परिवर्तन गराएको आरोप सर्वोच्च अदालत कर्मचारी संगठनका अध्यक्ष हरि भट्टराईले लगाएका छन्।


















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)
प्रतिकृया