गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन्द्रले सम्बोधन नगर्ने, राष्ट्रपति पौडेललाई सिफारिस

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ ११ गते
गणतन्त्र दिवसमा प्रधानमन्त्री बालेन्द्रले सम्बोधन नगर्ने, राष्ट्रपति पौडेललाई सिफारिस

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले यस वर्ष गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजना हुने विशेष समारोहलाई सम्बोधन नगर्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेललाई सम्बोधन गर्न आग्रह गर्दै प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पत्राचार गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

उक्त पत्रमा संविधानको धारा ६६ को उपधारा २ अनुसार जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा टुँडिखेलमा हुने समारोहलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्नुपर्ने भनी सिफारिस गरिएको उल्लेख छ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री बालेन्द्र शाहकै नेतृत्वमा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरेको थियो। परम्परागत रूपमा यस समारोहमा प्रधानमन्त्रीले सम्बोधन गर्ने र राष्ट्रपतिको उपस्थिति रहने अभ्यास रहँदै आएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स