प्रधानमन्त्री बालेन्द्र शाहले आज निर्माण क्षेत्रका समस्या, व्यवहारिक चुनौती, समाधानका उपाय तथा सरकारले गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा निर्माण व्यवसायीसँग छलफल गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान साढे ११ बजे हुने छलफलमा नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारी तथा पूर्वपदाधिकारी सहभागी हुनेछन्।
महासङ्घका अध्यक्ष निकोलश पाण्डे, वरिष्ठ उपाध्यक्ष मुकेश पन्त, महासचिव शिवहरि घिमिरे, बागमती प्रदेशका उपाध्यक्ष बालकृष्ण थापा तथा महासङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार जयराम लामिछाने छलफलमा सहभागी हुने कार्यक्रम रहेको छ।
छलफलमा निर्माण क्षेत्रले भोगिरहेका समस्या, तिनको समाधान, निर्माण व्यवसायका व्यवहारिक चुनौती तथा सरकारले अवलम्बन गर्नुपर्ने नीतिगत सहजीकरणका विषयमा विचारविमर्श हुने जनाइएको छ।

प्रतिकृया