नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सही दिशामा अघि बढ्न नसकेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारमाथि विभिन्न खालका प्रश्न र संशय उठिरहेको भन्दै अहिलेको अवस्थालाई समर्थन गर्न नसकिने बताएका हुन् ।
उनले सुकुमबासी समस्या अझै समाधान हुन नसकेको र यो गम्भीर विषयकै रूपमा रहेको उल्लेख गरे । साथै ट्रेड युनियन, विद्यार्थी र संविधान संशोधनसँग सम्बन्धित विषयहरू पनि संवेदनशील अवस्थामा रहेको उनको भनाइ थियो । संविधान संशोधनका लागि सरकारले तयार पार्ने भनिएको बहसपत्रसमेत पारदर्शी ढंगले अघि नबढेको भन्दै उनले त्यसलाई पनि गम्भीर छलफलको विषय भएको बताए ।
अध्यादेश ल्याउनेदेखि सबै हिसाबले वर्तमान प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को नियत राम्रो नदेखिएको प्रचण्डको भनाइ छ ।
प्रचण्डले सरकारले अध्यादेशमार्फत काम अघि बढाउने शैलीप्रति पनि आपत्ति जनाए । संसद् बोलाएर नियमित प्रक्रियाबाट विधेयक ल्याउन सकिने अवस्था हुँदाहुँदै अध्यादेशको बाटो रोजिनु ‘लाजमर्दो’ भएको उनको टिप्पणी थियो । उनले यस विषयमा आफूहरूले निरन्तर प्रतिवाद गर्दै आएको बताए ।
उनले लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र आवश्यक परिमार्जनका लागि सरकारले राम्रो काम गरे रचनात्मक सहयोग गर्न आफ्नो पार्टी तयार रहेको बताए । सुरुमा सरकारका केही काम सकारात्मक देखिए पनि पछिल्ला गतिविधिले समर्थन गर्न सकिने आधार नदेखिएको उनको भनाइ थियो ।
प्रचण्डले अहिले सरकारका गतिविधिविरुद्ध विरोध र प्रतिवाद गर्नुपर्ने अवस्था सिर्जना भइरहेको उल्लेख गर्दै संसद्मा पनि सरकारलाई सतर्क हुन सुझाव दिएको बताए । सरकारले उठाइएका विषयलाई गम्भीर रूपमा नलिए देशभरबाट प्रतिवाद बढ्न सक्ने चेतावनीसमेत उनले दिए ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया