प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न शाखा र विभागका लागि कर्मचारी माग गरेको छ। बैंकले शाखा प्रबन्धक, कानुनी अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, रिलेसनशिप म्यानेजर, गोल्ड लोन सुपरभाइजर, सफ्टवेयर डेभलपर, कार्यकारी सचिव र प्रशिक्षार्थी सहायक पदका लागि दरखास्त आह्वान गरेको हो।
बैंकले काठमाडौं उपत्यकाभित्र र बाहिर कार्य गर्न इच्छुक, सम्बन्धित क्षेत्रमा आवश्यक योग्यता र अनुभव भएका नेपाली नागरिकहरूलाई आवेदन दिन आग्रह गरेको छ।
इच्छुक उम्मेदवारले आफ्नो सीभी, नागरिकता, शैक्षिक प्रमाणपत्र, फोटोसहित असार ८ गते (June 22, 2025) भित्र www.kumarijob.com/pcbl मा अनलाइन आवेदन दिन सक्नेछन्।


प्रतिकृया