नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार अर्थात् आज नागरिक लगानी कोषको सेयर मूल्यमा समायोजन भएको छ। आइतबारको अन्तिम कारोबार मूल्य २११० रुपैयाँको आधारमा मूल्य समायोजन गरिएको हो ।
कोषको ७ प्रतिशत बोनस सेयरमा समायोजन गरेको हो । समायोजन पश्चात कम्पनीको सेयर मूल्य १९७१.९६ कायम भएको छ। यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात् सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।


प्रतिकृया