राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण टोली १२ सदस्यीय रहने भएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीका भ्रमणमा दुई दर्जनसम्म सदस्य रहने गरेकामा यसपटक टोलीलाई सानो र कार्यमुखी बनाइएको हो। कतारका अमिर शेख तामिम बिन हमाद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेल १८–२० कात्तिकमा दोहामा हुने संयुक्त राष्ट्रसंघको ‘इकोसोक’ अन्तर्गतको सामाजिक विकास सम्मेलनमा सहभागी हुन लागेका हुन्।
टोलीमा राष्ट्रपति पौडेलसँगै उनकी पत्नी सविता पौडेल, छोरी तथा प्रमुख स्वकीय सचिव अवज्ञा पौडेल, सचिव डा. दीपक काफ्ले, प्रेस सल्लाहकार किरण पोखरेल, सहसचिव कृष्णप्रसाद ढकाल, एक प्रोटोकल अधिकृत, शिष्टाचार महापाल कुमारराज खरेल, चिकित्सक तथा नेपाली सेना र नेपाल प्रहरीले तैनाथ गरेका दुई एडीसी रहनेछन्।
३० वर्षपछि हुन लागेको यो सम्मेलन १९९५ मा डेनमार्कमा आयोजना भएको पहिलो संस्करणको दोस्रो श्रृंखला हो। अहिले नेपालकै स्थायी प्रतिनिधि लोकबहादुर थापा ‘इकोसोक’का अध्यक्ष रहेका छन्। जेन–जी आन्दोलनपछि प्रधानमन्त्री ओलीको राजीनामाले यो भ्रमणको नेतृत्व राष्ट्रपतिलाई सुम्पिएको हो।
















![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)

प्रतिकृया