सिंहदरबारभित्र निर्माणाधीन नयाँ गृह मन्त्रालयको भवन आगामी प्रधानमन्त्री बस्ने स्थानको रूपमा तयारी भइरहेको छ। सचिवहरूको टोलीले भवनहरूको अध्ययन गरेका छन् र अन्य विकल्प नपुगेको बताइएको छ।
बुधबारको आन्दोलनमा सिंहदरबारमा ठूलो आक्रमण भएको थियो, अधिकांश भवनमा आगजनी र तोडफोड भएको छ। मन्त्रालयका कागजात जलाइए भने सरकारी सवारीसाधनमा व्यापक क्षति पुगेको छ। अहिले प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्न नयाँ भवनमा कुर्सी, फर्निचर, सोफा र कार्पेटहरू व्यवस्थापन भइरहेको छ।
ध्वस्त भएको पुरानो भवनको कारण केही मन्त्रालयहरू अस्थायी रूपमा सार्ने तयारी भइरहेको छ। प्रशासनिक काम सुचारु राख्न स्थल अनुगमन भइरहेको छ।















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया