रास्वपाको पहिलो महाधिवेशन तयारी तीव्र, रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन

रास्वपाको पहिलो महाधिवेशन तयारी तीव्र, रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी असार ७ देखि ९  गतेसम्म चितवनमा हुन लागेको महाधिवेशनको तयारीलाई तीव्रगति दिएको छ ।

रास्वपाले पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्पन्न गर्नका लागि पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा मूल आयोजक समिति गठन गरेको हो । महाधिवेशनलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्नका लागि पार्टी सभापति लामिछानेको अध्यक्षतामा ‘महाधिवेशन मूल आयोजक समिति’ गठन गरिएको पार्टीका प्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

उक्त समितिमा पार्टी उपसभापति एवम् अर्थमन्त्री डा स्वर्णिम वाग्ले, महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भूपदेव शाह, सहमहामन्त्री विपिनकुमार आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहकोषाध्यक्ष बसुमाया तामाङ, प्रवक्ता मनिष झा, सचिवालय सदस्य विराजभक्त श्रेष्ठ र दीपकराज बोहरा रहेका छन् ।

यसैगरी, समितिमा गणेश पराजुली कानुनमन्त्री सोविता गौतम, परराष्ट्रमन्त्री शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली र सागर ढकाल छन्। समितिको पूर्णताका लागि पार्टीका सबै केन्द्रीय सदस्य र सातै प्रदेशका प्रदेश सभापतिलाई पनि मूल आयोजक समितिमा समेटिएको महामन्त्री बुर्लाकोटीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स