प्रधानमन्त्रीको प्रशंसामा सीके राउतले भने : ‘प्रधानमन्त्री अलग लेभलका बन्दा हे’

प्रधानमन्त्रीको प्रशंसामा सीके राउतले भने : ‘प्रधानमन्त्री अलग लेभलका बन्दा हे’

चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनलाई सम्बोधन गर्दै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र व्यक्तित्वको खुलेर प्रशंसा गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री शाहलाई ‘अलग लेभलका बन्दा’ भन्दै विशेष शैलीमा प्रशंसा गरे।

उनले भने, ‘हाम्रा प्रधानमन्त्री स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस हुनुहुन्छ। उहाँ युवा हुनुहुन्छ र सबैको लोकप्रिय हुनुहुन्छ।’

डा. राउतले प्रधानमन्त्री शाहले पुरानो सोचभन्दा माथि उठेर समस्या समाधान गर्ने क्षमता राखेको उल्लेख गर्दै विश्वप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनको भनाइ पनि उद्धृत गरेका थिए।

डा. राउतले आफू ३३ वर्षको उमेरमा अमेरिकाको सबै सुख–सुविधा छाडेर देश निर्माणको सपना लिएर फर्किएको उल्लेख गर्दै पुल्चोक क्याम्पसदेखि केम्ब्रिज विश्वविद्यालयसम्मको अध्ययन यात्रामा सधैँ देशकै हितका लागि सोच्दै आएको बताए।

उनले रास्वपाले प्राप्त गरेको जनविश्वासलाई सही ढंगले उपयोग गर्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन्।

उनको भनाइ थियो, ‘हामीले किसान आन्दोलन गर्‍यौं, राइट टु रिकल र नो भोटको एजेन्डा ल्यायौं, तर त्यो सौभाग्य आज तपाईंहरूले पाउनुभएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स