संसदमा प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न, “चित्रगुप्तलाई के जवाफ दिनुहुन्छ?”

बजारको चिरफार
बजारको चिरफार
२०८२ असार ३० गते
संसदमा प्रधानमन्त्री ओलीलाई प्रचण्डको प्रश्न, “चित्रगुप्तलाई के जवाफ दिनुहुन्छ?”

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारमाथि तीव्र आलोचना गरेका छन्।

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले सरकार जहाँ-जहाँ पुगेको छ, त्यहाँ भ्रष्टाचार मौलाएको आरोप लगाए। उनले भने, “अहिलेको सरकार सत्तालाई विचौलियाको स्वार्थ र भ्रष्टाचारीको संरक्षणमा चलाइरहेको छ।”

विशेष गरी भूमिहीन सुकुम्वासीको विषय उठाउँदै प्रचण्डले आफू नेतृत्वको सरकारले उल्लेखनीय कामहरू सुरु गरेको स्मरण गराए। तर हालको दुई तिहाइको सरकार आएपछि भूमि आयोगका पदाधिकारीहरू हटाउनेबाहेक कुनै ठोस पहल नभएको बताए।

सरकारका मन्त्रीहरूले सरुवा र आयोगका पदाधिकारी नियुक्तिमा खुला रूपमा लाखौं रुपैयाँको ‘डिल’ गरिरहेको कुरा सार्वजनिक भइसकेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीका “भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ” भन्ने अभिव्यक्तिलाई आम नागरिकले अब ‘जाली’ ठान्न थालेको टिप्पणी गरे।

यस सन्दर्भमा उनले प्रधानमन्त्रीकै पुरानो भनाइ सम्झाउँदै भने, “उहाँले भन्नुभएको थियो— चित्रगुप्तलाई बयान दिन तयार छु। त्यो अभिव्यक्ति प्रधानमन्त्रीले अवश्य सम्झनुभएको होला। अहिले त जहाँ सरकार, त्यहाँ भ्रष्टाचार! अब चित्रगुप्तलाई प्रधानमन्त्रीले के जवाफ दिनुहुन्छ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स