प्रचण्डको घोचिलो प्रश्न: सरकार सत्ताको घमण्डमा कि जनताको डरमा ?

प्रचण्डको घोचिलो प्रश्न: सरकार सत्ताको घमण्डमा कि जनताको डरमा ?

प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार संसदमा बोल्दै केपी शर्मा ओली नेतृत्वको सरकारलाई निरंकुश सोच राखेको आरोप लगाए। उनले विभिन्न घटनाहरू कोट्याउँदै सरकारलाई राजनीतिक प्रतिशोध र अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने प्रयास गरेको भन्दै घेराबन्दी गर्न खोजे।

प्रचण्डले सरकारले सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको दाबी गरे। “अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्न खोजिँदै छ। सम्झाई बुझाई पठाउन सकिने घटनामा नागरिकलाई हतकडी लगाएर जिल्लाबाट जिल्ला घुमाइँदैछ। कडा मुद्दा लगाइँदैछ। यो सत्ताको घमन्ड हो कि जनतासँगको डर?” भन्दै उनले आशिका तामाङ प्रकरण उल्लेख गरे।

त्यस्तै, पाथीभरा केबलकार निर्माण विवाद उल्लेख गर्दै उनले स्थानीयवासीमाथि गोली चलाउनु दमनकारी मानसिकता भएको बताए। उनले संवाद र समझदारीबाट समाधान खोजिनुपर्नेमा सरकारले बलप्रयोग गरेर दमन गर्न खोजेको भन्दै आपत्ति जनाए।

उनले नागरिक स्वतन्त्रतामाथि अंकुश लगाउने सरकारको प्रयासलाई निरंकुशता भन्दै कडा आलोचना गरे। “टिसर्टमा फोटो देखिँदा पक्राउ गर्ने, सार्वजनिक सेवामा प्रश्न उठाउनेलाई मुद्दा लगाउने, प्रेस स्वतन्त्रता संकुचित गर्ने विधेयक ल्याउने – यो के हो? तपाईंहरू नागरिक सम्प्रभुताभन्दा माथि हो? संविधानभन्दा माथि हो? नागरिक दास हुन्?” भन्दै उनले सरकारलाई प्रश्न गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स