प्रचण्डले शिक्षकहरूलाई भने, “पहिले सम्झौता गर्दा हरेकपटक धोका भयो अब आन्दोलन नरोक्नू”



Advertisement
Ads

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षक आन्दोलनलाई धैर्यपूर्वक निरन्तरता दिन अपिल गरेका छन्। नेपाल कम्युनिस्ट पार्टीको ७७ औं स्थापना दिवसको अवसरमा पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारसँगको पटक–पटकको वार्ता असफल भएपछि अब आन्दोलनलाई दृढतापूर्वक अघि बढाउनुपर्ने बताए।

विद्यालय शिक्षा ऐनको माग गर्दै गत चैत २० देखि आन्दोलनमा रहेका शिक्षकहरूको संघर्षलाई समर्थन गर्दै प्रचण्डले विगतमा भएका सम्झौताहरू पटक–पटक तोडिएको उल्लेख गरे। उनले भने, “शिक्षक साथीहरूलाई धैर्यपूर्वक आन्दोलनलाई निरन्तरता दिन अपिल गर्न चाहन्छु। तपाईंहरूले पटक–पटक आन्दोलन गर्नुभयो, सम्झौता गर्नुभयो, तर हरेकपटक धोका भयो। अब त्यो अवस्था फेरि हुन दिनु हुँदैन।”


Advertisement

प्रचण्डले शिक्षकहरूको माग कुनै नयाँ नभएको प्रष्ट पारे। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार सहमतिअनुसार ऐन निर्माण गर्न नचाहेको र त्यसप्रति निकै नकारात्मक भएको आरोप लगाए। “शिक्षकहरूको माग भनेको केवल पहिलाको सम्झौता कार्यान्वयन गर भन्ने हो,” उनले स्पष्ट पारे।

प्रचण्डले शिक्षाका सवालमा सरकारको उदासीनता र द्विविधा चरित्रले आन्दोलन चर्किन सक्ने चेतावनी पनि दिएका छन्।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर